काठमाडौँ – उपभोक्ता अधिकार संरक्षण गर्ने जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यावसायिक क्रियाकलापलाई स्वच्छ, पारदर्शी र प्रतिस्पर्धी बनाउन सदैव क्रियाशील रहेको जनाएको छ ।
शुक्रबार यहाँ आयोजित कार्यक्रममा विभागका महानिर्देशक प्रकाश पौडेलले दैनिक बजार अनुगमनलाई निरन्तरता दिइएको बताएका छन् । “दिनमा तीन÷चार टोलीलाई बजार अनुगमनमा खटाएका छौँ । विभागको क्षमताअनुसार हामीले बजारलाई व्यवस्थित बनाउने कोशिस गरिरहेका छौँ”, विभागका पर्याप्त जनशक्ति नहुँदा अनुगमनलाई व्यापक बनाउन नसकिएको उनको गुनासो थियो ।
सुशासन र बजार अनुगमनलाई प्रभावकारी बनाउन अधिकारकर्मी, सचेत उपभोक्ता र सम्बन्धित निकायबीच सहकार्यको आवश्यकता रहेको उनको भनाइ थियो । अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले वाणिज्य विभाग र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर कानूनविपरीत कालोबजारी गर्ने निकायलाई कानूनको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पत्रकार सागर पण्डितले चाडबाडका बेलामात्र बजार अनुगमन गर्ने प्रवृत्ति अन्य गर्नुपर्नेमा जोड दिँदै दशैँतिहारमा मात्र प्रशस्त अनुगमन हुने तर अरु बेला किन नहुने भनी प्रश्न उठाएका छन् । उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले उपभोक्ता ऐन, २०७५ ले उपभोक्ता अधिकारकर्मीलाई नचिनेको गुनासो गरे । “उपभोक्ता ऐनले वाणिज्य विभागलाई मात्र चिन्छ । बजार अनुगमन र कारवाहीको जिम्मेवारी विभागका निरीक्षण अधिकारीलाई दिएको छ । सुशासनको प्रत्याभूति दिने प्रमुख जिल्ला अधिकारीले अधिकार प्रयोग गर्न पाएका छैनन्”, उनले भने ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस