काठमाडौं – सरकारले भारतसँग सीमा जोडिएका सिमानाका खुला गर्ने निर्णय गरे पनि कैलालीको सत्ती भन्सार नाका अझै आवतजावतका लागि खुला भएको छैन । नाका नखुल्दा अहिले दैनिक सयौँ भारतीय नागरिक लुकिछिपी नेपाल प्रवेश गर्ने गरेका छन् ।
खुला सिमानाका कारण नेपाली तथा भारतीय नागरिक लुकिछिपी नेपाल–भारत प्रवेश गर्ने गरेको भए पनि सीमा प्रहरी मुकदर्शक जस्तै बनेको छ । पहिले सो भन्सार कार्यालयमा मात्र सीमासुरक्षा प्रहरीको क्याम्प रहँदा लुकिछिपी आउने क्रमलाई रोक्न चुनौती रहे पनि अहिले एक किलोमिटरको दूरीमा सीमा सुरक्षा प्रहरीको क्याम्प स्थापना भएको छ । अवैधरुपमा प्रवेश गर्नेको क्रम भने घट्नुको साटो दिन प्रतिदिन बढ्दै गएको छ । सरकारले भारतीय नागरिकलाई कोरोना नेगेटिभ भएको प्रमाणपत्र अनिवार्य गरेको छ ।
भारतको तिकुनियाँका हरिश कुरेसीले प्रहरीको आँखा छलेर आफूहरु कामका लागि नेपाल प्रवेश गरेको जानकारी दिए । “नेपाल नआएर घरमा चुलो बल्दैन । दिनभरी सङ्कलन गरेको कवाडी सामान बेचेर घर चलाउछौँ”, उनले भने ”प्रहरीलाई पैसा दिएर भए पनि नेपाल आउनु हाम्रो बाध्यता हो । दैनिक २०० भन्दाबढी दैनिक नेपाल आउछन् होला ।”
खक्रौला बिओपीका प्रमुख पदमराज भट्टले भन्सारमा सामान आयात निर्यात भए पनि मानिसको आवतजावत भने नभएको दाबी गरे । उनले भारतीय नागरिक नेपाल प्रवेश गरेको सूचना आफूहरुलाई पनि आएको जनाउँदै लुकिछिपी प्रवेश गर्ने ती नाकामा आफ्नो कार्यक्षेत्र नपरेको बताए । “पहिले खक्रौला बिओपीबाटै हेर्नुपर्ने अवस्था थियो । अहिले कौवाखेडा, कालाकुण्डमा बिओपी स्थापना भइसकेपश्चात् हाम्रो कार्यक्षेत्र घटेको छ”, उनले भने , “हाम्रो क्षेत्रबाट कोही पनि प्रवेश गरेको छैनन् । हामीले मातहतको निकायमार्फत पाएको आदेशलाई पूर्णरुपमा कार्यान्वयन गरेका छौँ ।”
कार्यालयले गत मङ्सिर महीनासम्ममा वार्षिक लक्ष्य पूरा गरिसकेको भएपनि पछिल्ला दुई महीनामा राजस्व सङ्कलनमा केही कमी देखिएको छ । मङ्सिरमा रु एक करोड ४८ लाख ४७ हजार, पुसमा रु एक करोड ४२ लाख ४७ हजार र माघमा रु एक करोड ३४ लाख २५ हजार राजस्व सङ्कलन भएको थियो । अहिले जिल्लाका सीमाक्षेत्रमा १४ बिओपी स्थापना भएका छन् । भन्सार सीमाबाट आवागमन असहज हुन थालेपछि नागरिकले चोरीका सिमानाको प्रयोग गर्दै आएका छन् । यसले सीमावर्ती क्षेत्रमा चोरीका घटनमा समेत वृद्धि भएको छ । गाईभैँसी, बाख्रा र अन्य घरायसी सामान चोरी हुन थालेपछि स्थानीय त्रसित छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस