काठमाडौं – पहाडी जिल्लामा उत्पादन हुने नगदेबालीका रुपमा रहेको अम्रिसो कुचोको मूल्य यो वर्ष उच्च भएको छ । अम्रिसो भारत निर्यात हुन थालेपछि यस वर्ष कुचोको मूल्य पनि आकासिएको बताइएको छ । विगतमा प्रतिवटा रु ४० का दरले बिक्री हुँदै आएको अम्रिसो कुचो अहिले बजारमा रु १०० देखि १३० सम्म बिक्री भइरहेको पाइएको छ ।
अम्रिसो कुचोको मूल्य गत वर्षको तुलनामा तीनगुणा बढेको सुनसरी धरानस्थित कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । उनले गएको वर्षमा रु ४० का दरले बिक्री गर्न पनि कठिनाइ भएकामा अहिले मूल्य बढेको बताए । अम्रिसो कुचो भारतीय मजदूरले प्याक गरेर भारत लाने गरेका छन्। नेपाली बजारमा १० प्रतिशत मात्र बिक्री हुने अम्रिसो कुचोको ठूलो बजार भारत हो । अहिले भारततर्फ कम्तीमा पनि ९० प्रतिशत अम्रिसो निर्यात भएको छ ।
पहिले विदेश त्यति निर्यात नहुने गरेको अम्रिसो केही वर्ष यतादेखि भारतीय बजारमा माग बढ्दा यता नेपाली बजारमा मूल्य बढेको बताइएको हो । सामान्य पाखो जमीनमा उत्पादन हुने अम्रिसो कुचोको भाउ यस वर्ष सोचेभन्दा उच्च भएपछि कृषक भने खुशी भएका छन् । कतिपय किसान अम्रिसो खेतीमा लाग्न थालेका छन् ।
धरान–२० विष्णुपादुकाको तामाखाममा करीब पाँच बिघा जग्गाको पाखो भित्तामा अम्रिसो खेती गर्दै आएका कृषक आइत राई यो वर्ष मूल्य राम्रो पाउँदा खुशी छन । “यसमा हाम्रो केही मेहनत हुँदैन । एक पटक रोपेपछि धेरै वर्षसम्म केही गर्नुपर्दैन । पाखा बारीमा लगाएको अम्रिसोले राम्रै आम्दानी ग¥र्यो”, कृषक राईले भने । एकपटक रोपेपछि करीब २० वर्ष खासै स्याहार, गोडमेल, मल पानी लगाउन नपर्ने भएकाले लागत खर्च कम हुने गरेको छ । भाउ बढ्यो भने फाइदैफाइदा छ । यो वर्ष कुचोको भाउ बढेकाले कृषक निराश हुनु नपरेको कुचो व्यवसायी बिनोद कुलुङ बताए ।
कृषिउपज बजारका व्यवस्थापक भट्टराईका अनुसार चालू आर्थिक वर्षको फागुनको पहिलो सातासम्ममा चार हजार ५०० मेट्रिकटन अम्रिसो कुचोको कारोवार भएको छ । हालकै मूल्य कायम रहे रु ५६ करोडभन्दा बढीको आम्दानी हुने बजारले अनुमान गरेको छ । कुचो चैत र वैशाखसम्म बिक्री हुन्छ । गत वर्ष तीन हजार ६९९ मेट्रिकटन कुचो बिक्री हुँदा रु १५ करोड मात्र आम्दानी भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस