दैलेख – दैलेखको श्रीस्थान नाभिस्थानमा रहेको पेट्रोलियम पद्धार्थको अन्वेषण पश्चात् व्यावसायिक उत्खनन सम्भावनाको टुङ्गो लगाउन चिनिया प्राविधि चैत १९ (अप्रिल १)मा टोली नेपाल आउने भएको छ । अन्वेषणका लागि तीन वटा पूर्व पश्चिम र ७ वटा उत्तर दक्षिण दिशामा खनिएका दश वटा सिस्मिक लाइनहरूमा सर्भे कार्य सकिए पछि त्यसको वास्तविक अध्ययन पश्चात् पेट्रोलियम पद्धार्थको अन्वेषणका लागि गरिने मुख्य ड्रिलिङको काम गर्न दोस्रो चरणमा चिनिया प्राविधिकको टोली नेपाल आउन लागेको खानी तथा भूगर्भ विभागले जानकारी दिएको छ ।
खानी तथा भूगर्भ विभागका भूर्गभविद डा. गणेशनाथ त्रिपाठीले चैत्र १९ गते चिनिया टोली नेपाल आउने निश्चित भएको बताउनुभयो । उहाँले चिनिया टोलीले पहिलै देखी प्रस्ताव गरेको भएपछि १९ गते नेपाल आउने कुरा निश्चित भएको बताउनुभयो । उहाँले पहिलो चरणमा आएको प्राविधिक टोलीले जिल्लाको मुख्यतया दुल्लु नगरपालिका ,भैरवी गाउँपालिका, महावु गाउँपालिका र नारायण नगरपालिका क्षेत्रलाई विशेष केन्द्रित रचामुण्डाबिन्द्रासैनी नगरपालिका,डुगेश्वर गाउँपालिका, नौमुले गाउँपालिका र भगवतिमाई गाउँपालिकालाई केही भूभाग समेटेर दश वटा सिस्मिक लाइनहरूमा जम्मा दुई सय लाइन किमी सर्भे गर्न चार सय वर्ग किमी भूभाग समेटेर सर्भे गरेको थियो ।
टोलीले पेट्रोलियम पदार्थ अन्वेषणको प्रमुख काम कस्मिक सर्भे कार्य अन्तर्गत कृत्रिम भूकम्प सिर्जना गरी उत्पन्न गरिएको भूकम्पीय तरङ्गहरू जमिनको सतहमुनिको धेरै गहिराई सम्म पठाएर सतहमुनिका ठोक्किएर फिर्ता भएका तरङ्गहरूलाई सतहमा गाडिएका सेन्सरहरूमा रेकर्ड राख्ने र रेकर्ड गरिएका विभिन्न गहिराई बाट परावर्तन भई आएका तरङ्गहरूको प्रशोधन गर्ने र प्रशोधन बाट तयार भएका तरङ्गहरुहरुको सूक्ष्म अध्ययन गरी पेट्रोलियम पदार्थको भण्डार हुन सक्ने भौगर्भिक संरचना पहिचान गर्ने काम सम्पन्न गरे पश्चात् दोस्रो चरणको अन्वेषणका लागि चिनिया प्राविधिक टोली आउन लागेको बताइएको छ ।
पहिलो चरणको काम सम्पन्न भएको तीन महिना भित्र अध्ययन गर्ने त्यस पश्चात् मुख्य ड्रिलिङका लागि तयारीका लागि चिनिया टोली आउने खानी तथा भू–गर्भ विभागका भूर्गभबिद्ध डा त्रिपाठीले बताउनुभयो । उहाँले आउने टोलीले ड्रिलिङका लागि आवश्यक पर्ने औजार उपकरण उत्खनन क्षेत्रमा पु¥याउन कसरी लैजाने भन्ने विषयमा अध्ययन गर्ने र त्यस पछि मात्र आवश्यक उपकरण लैजाने तयारी गर्ने बताउनुभयो । उहाँले टोली आउने भने पनि कति जनाको सङ्ख्यामा आउँछ त्यसको अझै टुगो नलागेको बताउनुभयो ।
२०७२ को चैतमा नेपाल र चीनबिच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएको थियो । २०७५ गत माघमा नै चीनलाई नेपालका दुई वटा क्षेत्रमा पेट्रोलियम तथा ग्याँस खानीबारे विस्तृत अन्वेषण गर्न दिने सम्बन्धी परियोजना स्वीकृत गरेको थियो । उक्त सहमतिअनुसार २०७६ फागुनमा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीबिच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्नका लागि दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो ।
यो समझदारीलाई कार्यान्वयन गर्न चीन र नेपालले संयुक्त रूपमा कार्य योजना बनाएका छन् । पहिलो चरण (१० महिना) मा चीनको विज्ञ टोलीले दैलेख क्षेत्रमा भौगर्भिक तथा पेट्रोलियम सर्भेसहित दैलेखमा ड्रिलिङ साइट पहिचानको काम गर्ने समझदारी भएको थियो । २०७६ कात्तिकमा तत्कालीन उद्योग मन्त्री मात्रिका यादवले दैलेखको नाभि स्थानबाट पेट्रोलियम पदार्थ अन्वेषणको कार्यको उद्घाटन गरेका थिए । अन्वेषणमा लाग्ने सबै खर्च चिनियाँ पक्षले नै व्यहोर्ने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस