चन्द्रागिरि नगरपालिकाले नागढुङ्गा–कलङ्की सडकखण्डमा वृक्षरोपण गरिने भएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले हरियाली र नमूना नगरपालिका निर्माणका लागि राजमार्गको बीच भागमा वृक्षरोपण गर्न लागेको हो ।
नगरपालिकाका प्रमुख घनश्याम गिरीले नागढुङ्गा–कलङ्की सडकखण्डमा बोटबिरुवा र फूलहरु रोप्नका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा रु ५० लाख रकम विनियोजन गरेको राससलाई जानकारी दिनुभयो । “देशको राजधानी भित्रिने मुख्य राजमार्गलाई नमूना राजमार्ग बनाउनका लागि बिरुवा रोप्ने र तारजाली हाल्ने काम शुरु गर्न लागेका छौँ”, उहाँले भन्नुभयो ।
यस्तै चन्द्रागिरिले नागढुङ्गा–कलङ्की सडकखण्ड सरसफाइका लागि रु २० लाख रकम विनियोजन गरेको छ । सडक सरसफाइ र बोटबिरुवा संरक्षणका लागि सो नगरपालिकाले उक्त रकम विनियोजन गरेको छ । चन्द्रागिरिमा हुने अपराध नियन्त्रणका लागि रु एक करोड लागतमा ६८ वटा अत्याधुनिक सिसी क्यामरा जडान गरेको सो नगरपालिकाले पिपलामोडदेखि कलङ्कीसम्म ७०० वटा सडक बत्ती जडान गर्न लागेको छ ।
चन्द्रागिरिले सडकबत्ती जडानका लागि चालू आर्थिक वर्षमा रु एक करोड रकम विनियोजन गरेको छ । यसअघि नगरपालिकाले नगरस्तरीय अस्पताल निर्माण गरी बिरामीलाई अस्पताल आउन सहजताका लागि एम्बुलेन्ससमेत खरीद गरिसकेको छ भने चन्द्रागिरिभित्र हुने आगलागीका घटना नियन्त्रणका लागि दमकल पनि खरीद गरी सञ्चालनमा ल्याइसकेको छ ।
चन्द्रागिरिले चालू आवभित्रै नगर प्रहरी राख्ने तयारी थालेको छ । चन्द्रागिरि नगरपालिका काठमाडौँ उपत्यकाभित्रको सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा रहेका १५ वडामध्ये १२ वडा राजमार्ग क्षेत्रमा पर्दछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस