सूर्यविनायक नगरपालिकातर्फ रहेको हनुमन्ते खोला किनारामा बनेका अस्थायी तथा पक्की संरचना डोजर लगाएर भत्काएको छ । हनुमन्ते खोला करिडोर निर्माणमा अवरोध पुगेको र करिडोरको मापदण्डभित्र पर्ने संरचना भत्काउन सूचना जारी गर्दा पनि अटेर गरेको भन्दै जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरी परिचालन गरी आज यहाँका भौतिक संरचना डोजर लगाएर हटाउन शुरु गरिएको हो ।
हनुमन्ते करिडोर निर्माणका लागि भन्दै साख मेटल एन्ड ऐलाइड इन्डष्ट्रिज र नेपाल पेन्ट इन्डष्ट्रिज प्रालिको उद्योगको पर्खाललगायत भौतिक संरचना डोजर लगाएर हटाएको छ । सूर्यविनायक नगरपालिकाले सात दिनभित्र उक्त स्थानबाट उद्योग हटाउन परिपत्र गरेको भए पनि ४० वर्ष पुरानो उद्योगको संरचना सात दिनभित्र हटाउन नसकिने भएको अवस्थामा थप जानकारी नै नगराई अचानक डोजर चलाएर संरचना भत्काएर लाखौँको क्षति पु¥याएको साख मेटल एन्ड ऐलाइड इन्डष्ट्रिजले जानकारी दिएको छ । अदालतमा मुद्दा चलेर विचाराधीन अवस्थामा रहेको बेलामा संरचना भत्काउनु खेदजन्य भएको नेपाली कांग्रेसका नेता निशान ढुङ्गेलले बताउनुभयो ।
विगतमा भएको सहमति र सूर्यविनाक र मध्यपुरथिमि नगरपालिका एवं उपभोक्ता समितिबीच भएको सहमति कार्यान्वयन गरेर मात्रै करिडोर निर्माण गर्न माग गरे पनि प्रहरी प्रशासनको प्रयोग गर्दै जबर्जस्ती संरचना हटाएकोे हनुमन्ते खोला करिडोर पीडित सङ्घर्ष समितिका संयोजक ओम श्रेष्ठले बताउनुभयो । स्थानीय जग्गाधनीले सहमतिअनुसार ल्यान्ड पुलिङ गरेर जग्गा फिर्ता दिनुपर्ने वा जग्गाधनीलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस