सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगर र हजारविघा क्षेत्रका किसानलाई बाँदरले हैरान पारेको छ । मूर्तिया जङ्गलको दक्षिणी सीमानामा पर्ने त्यस क्षेत्रमा बाँदरले घोगा लाग्न थालेको मकै बालीमा क्षति गर्न थालेपछि किसान हैरान भएका हुन् । गत वर्ष प्रतिकठ्ठा पाँच सयका दरले पैसा उठाएर जङ्गल छेउका सबै खेतबारीमा तारजाली लगाए पनि बाँदरले क्षति पु-याइ रहेको स्थानीय किसान मीनबहादुर पोखरेलले जानकारी दिनुभयो ।
बाँदर धपाउन किसान दिनभर खेतमै गएर बस्ने गरेका छन् । ‘तारजाली गरेपछि पनि बाँदरको उपद्रो रोकिएको छैन्, तालजालीबाटै चढेर मकै बालीनाली नष्ट पारिरहेको छ’, पोखरेलले भन्नुभयो, ‘एकछिन दायाँबायाँ कतै गयो की खेतभरी बाँदरको हुल हुन्छ ।’
बाँदर धपाउन बिहानदेखि साँझसम्म नै परिवारका सदस्य पालैपालो रुँगेर बस्ने गरेको पोखरेलले बताउनुभयो । हजारविघाका अर्का किसान टीकादेवी खड्काले बाँदरलगायत अन्य जङ्गली जनावरबाट बाली जोगाउन मुस्किल परेको गुनासो गर्नुभयो ।
खड्काका अनुसार दिनभर बाँदर र रात परेपछि बँदेल, निलगाई, हरिण, दुम्सीजस्ता जनावरले बाली खाएर सखाप पार्ने गरेको छ । आफूहरुले बर्ष दिनभरी खाने बाली र त्यही बाली बेचेर गुजारा टानुपर्ने भएपनि जङ्गली जनावरले पु-याइरहेको क्षतिबारे डिभिजन वन कार्यालय र स्थानीय तहले चासो नदिएको किसानहरुले गुनासो गरेका छन् ।
जानकीनगर र हजारविघा क्षेत्रसँगै सर्लाहीका अन्य विभिन्न सामुदायिक र साझेदारी वन, बागवानी केन्द्र, सागरनाथ वन विकास परियोजनाको जङ्गल छेउछाउका किसानहरुलाई पनि जङ्गली जनावरले दुःख दिइरहेको छ । बागमती नगरपालिका–१०, शङ्करपुरका शेष मुर्तुजाले आफूहरुको क्षेत्रमा पनि जङ्गली जनावरको जेर नै आएर बालीनाली नष्ट पार्दै आएको बताउनुभयो ।
यता, फडानी र अतिक्रमणले उदाङ्गो बनेका बन क्षेत्रबाट आहाराको खोजीमा त्यसरी किसानको खेतबारीमा आउने वन्यजन्तुको अवैध चोरी शिकारी समेत बढेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस