काठमाडाैँ – राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजमार्फत बङ्गलादेश जानुहुने भएको छ । उहाँ यही चैत ९ र १० गते त्यहाँको राजकीय भ्रमण गर्दै हुनुहुन्छ ।
निगमको कलसाइन ९ एकेएक्स उडान नं आर ए ००१ जहाजमार्फत राष्ट्रपति सार्क मुलुक बङ्गलादेश प्रस्थान गर्ने उडान तालिका रहेको प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिनुभयो । काठमाडौँ बङ्गलादेश उडान अनुमानित एक घण्टा १० मिनेटको हुनेछ । राष्ट्रपति भण्डारी चैत १० गते बङ्गलादेशी समयानुसार अपराह्न ३ः४५ बजे काठमाडौँ फर्कने उडान तालिका छ । चार्टर्ड उडानको जहाजमा ‘रिफ्युलिङ एण्ड स्याम्पल टेष्टिङ’ उडान हुने दिन सोमबार बिहान ६ः३० बजे सकिने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले राष्ट्रपतिको राजकीय भ्रमणमा राष्ट्रिय ध्वजावाहकको प्रयोग भएकामा निगम गौरवान्वित भएको बताउनुभयो । यसअघि पनि राष्ट्र प्रमुख तथा सरकार प्रमुखले राजकीय भ्रमणका सन्दर्भमा निगमको जहाज प्रयोग गर्दै आउनुभएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस