काठमाण्डाै – धरहराको काम भोलि उद्घाटन गरिने ऐतिहासिक अन्तिम चरणमा पुगेको छ ।
ऐतिहासिक धरहरा टावरको पुनर्निर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम र सरसफाइको काम भइरहेको छ ।
रमन कन्स्ट्रक्सनका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले आज बेलुकासम्म रङ्ग रोगनसँगै सफाइको काम सम्पन्न हुने जानकारी दिएका छन् । धरहराको काम सम्पन्न गर्न अहिले २४ सै घण्टा काम भइरहेको उनले जानकारी दिए । पुनर्निर्माण सम्पन्न भएको ऐतिहासिक धरहरामा ३३० किलोको गजुर राखिसकिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गजुर तामाबाट बनेको छ भने बाहिरी आवरण सुनले लेपन गरिएको जनाएको छ । भोलि बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीबाट धरहराको उद्घाटन गर्ने तयारी छ । यो निर्माण भइरहेको धरहरा संरचना पूरा काम सम्पन्न नभएकाले नागरिकका लागि खुला हुन भने आउँदाे मङ्सिरसम्म लाग्ने आयोजना व्यवस्थापक श्रेष्ठले बताए ।
कोरोना कारण लकडाउनको समय र दशैँ तिहार चाड पर्वको समयमा पनि दिन र रातको समयमा काम भएको थियो । २२ तला धरहरा पहिलाको धरहराको शैलीमा बनेको हो । तर पुरानै शैलीको भए तापनि नयाँ प्रविधिमा बनिरहेको निर्माण कम्पनीको बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस