काठमाडौँ – आजदेखि काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ । १६ वैशाखदेखि एक साताका लागि जारी गरिएको निषेधाज्ञा आजबाट थप एक साता लम्बाइएको हो ।
थपिएको निषेधाज्ञालाई अघिल्ला दिनहरुको भन्दा कडा बनाउनुपर्ने निष्कर्षमा सरकारी अधिकारीहरु पुगेका छन् । त्यसैले आजबाट बिहान ९ बजेसम्म मात्र खाद्य वस्तुका पसलहरु खोल्न दिने निर्णय जिल्ला प्रशासन कार्यालयहरुले गरेका छन् । यसअघि साँझपख पनि पसल खोल्न पाउने व्यवस्था हटाइएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले कोरोना संक्रमणको फैलावट रोक्न निषेधाज्ञा लम्बाइएको बताए ।
यसैगरी यसअघि जारी गरिएका सबै सवारी पास खारेज गरिएको छ । अब जिल्ला प्रशासन कार्यालयहरुले नयाँ पास जारी गर्नेछन् । पत्रकारहरुका लागि सूचना विभागको पास अनिवार्य गरिएको छ । सूचना विभागको पास नभएकाहरु आफ्नो कार्यालयको परिचयपत्रको आधारमा हिँडडुल गर्न पाउने छन् तर त्यसको जानकारी जिल्ला प्रशासन कार्यालयमा गराउनुपर्ने छ ।
सरकारी कार्यालय, सार्वजनिक संस्थान, बीमा लगायतका कार्यालयमा एक चौथाइ कर्मचारी मात्र राखेर सञ्चालन गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थाले काठमाडौं उपत्यकामा आफ्ना शाखा कार्यालयमध्ये २५ प्रतिशत मात्र खुला राख्न पाउनेछन् । केन्द्रीय कार्यालयमा २० प्रतिशत जनशक्ति मात्र राखेर काम गर्नुपर्नेछ ।
अत्यावश्यक कार्य, बिरामी, कुरुवा, मृत्यु संस्कार तथा मलामीको हकमा विषय खुल्ने कागजात र सम्बन्धित स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले सहजीकरणको व्यवस्था मिलाउने छ । विवाहका लागि सवारी पास आवश्यक नपर्ने र दुरी कायम गर्ने गरी साविककै व्यवस्थालाई निरन्तरता दिइएको छ ।
यसैगरी सम्बन्धित पालिकाले अनिवार्य रुपले १० दिन क्वारन्टिनमा राख्ने प्रतिबद्धता सहितको सिफारिस दिए मात्रै काठमाडौं उपत्यका छाड्न पाइनेछ ।
फुटपाथ तथा खुल्ला ठाउँ तथा ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यापार व्यवसाय र कवाडी संकलन गर्न पनि रोक लगाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस