बारा- सोमबार मानमत-कलैया-मटिअर्वा सडकखण्डको डाकाहामा जन्ती बस पल्टिँदा बालबालिकासहित १६ जना घाइते भएका छन् ।
दुर्घटनामा ५ जना भने गम्भीर घाइते भएका छन् । रौतहटको गुजरा नगरपालिका–६, खतवैयाबाट बाराको जितपुर सिमरा उपमहानगरपालिका–१९, बहडिलवामा जाँदै गरेको ना४ख ४७४९ नम्बरको बस जितपुर सिमरा उपमहानगरपालकिा–१६ मा दुर्घटना भएको हो ।
दुर्घटनामा बसका सहचालक ३८ वर्षीय मुस्ताक खानको दाहिने खुट्टा काटिएको छ । अरु ४ जना जन्ती गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी गौतम मिश्रले उनीहरुलाई थप उचारको लागि कलैया अस्पताल र नेसनल मेडिकल कलेज वीरगन्जमा पठाइएको जानकारी दिए ।
बसका चालक रौतहट चन्द्रपुर नगरपालिका–८ का ३० वर्षीय अखिलेश चौधरीलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । बसमा ३० जना सवार रहेको पनि डीएसपी मिश्रले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस