बैतडी- महाकाली राजमार्ग पहिरोले पुनः अवरुद्ध भएको छ । बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको दोगडाकेदार गाउँपालिका–५ ढिकगाडमा पहिरो खस्दा अवरुद्ध बनेको हो ।
शनिबार राति १ बजेदेखि राजमार्ग अवरुद्ध भएको घटनास्थलमा रहेका धनेश जोशीले जानकारी दिएका छन् । उनले भने, “सडकमाथिबाट पहिरो खसेको छ । राजमार्ग पूर्ण रुपमा अवरुद्ध छ ।”
राजमार्ग अवरुद्ध हुँदा उक्त एम्बुलेन्स, मालबहाक सवारी साधन, अत्यावश्यक कामका लागि हिँडेका यात्रुहरु अलपत्र परेका छन् ।
खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले अवरुद्ध राजमार्ग जेसिबीको सहयताले खोल्ने प्रयास भइरहेको बताएका छन् । उनले भने, “गाउँपालिकाको जेसिबी लगेर जादैंछौं, लगातारको वर्षाले केही समस्या गर्ला जस्तो छ ।”
यसअघि शनिबार अपराह्न सुर्नया गाउँपालिका–३ धरमघर नजिकै पहिरो खस्दा अवरुद्ध भएको सडक बेलुका सञ्चालनमा ल्याइएको थियो । केही दिनदेखिको लगातारको वर्षाले यहाँका राजमार्ग तथा ग्रामीण सडकहरु अवरुद्ध भइरहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस