बैतडी- दुई ठाउँमा छुट्टाछुट्टै पहिरो खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ । राजमार्गको बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सुर्नया गाउँपालिका ३ धरमघर र दोगडाकेदार गाउँपालिका ५ ढिकगाडमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।
धरमघरमा आइतबार दिउँसो १ बजे र ढिकगाडमा बिहान साढे ८ बजेदेखि सडक सञ्चालनमा आएको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए। पहिरोले ढिकगाडमा राति १ बजेदेखि र धरमघरमा बिहान ८ बजेदेखि सडक अवरुद्ध भएको थियो। उनले भने,‘जेसिबीको सहयताले पहिरो पन्छाएपछि राजमार्ग पुनः सञ्चालनमा आएको छ।’
अवरुद्ध राजमार्ग पुनः सञ्चालनमा आएपछि सवारी साधन खुलेका छन् भने यात्रुहरु आ- आफ्नो गन्तव्यतर्फ लागेका छन् ।
प्रहरी चौकीका इञ्चार्ज मोती बमले अहिलेलाई राजमार्ग सञ्चालनमा ल्याइएको भए पनि लगातार रुपमा वर्षा भइरहेकोले ती स्थानहरुहरुमा अझै पहिरोको जोखिम कायमै रहेको खोचलेक बताएका छन् । उनले भने, “पानी निरन्तर रुपमा लागेकोले पहिरो जाने सम्भावना कायमै छ, हामीले जेसिबी तयारी अवस्थामा राखेका छौं।”
यसअघि शनिबार अपरान्ह पनि धरमघरमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएकोमा करिब २ घण्टापछि बेलुका साढे ५ बजे खुलेको थियो । केही दिनदेखिको लगातारको वर्षाले यहाँका राजमार्ग र ग्रामीण सडकहरु अवरुद्ध भइरहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस