काठमाडौँ- काठमाडौँ उपत्यकामा KATHMANDU, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयको कोरोना संक्रमण बढेसँगै जारी निषेधाज्ञाका कारण यसअघि स्थगित गरिएका सम्पूर्ण सेवा आजदेखि पुनः सञ्चालन हुने भएको छ ।
गएको वैशाख १३ गतेदेखि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनस्वास्थ्यका मापदण्ड पूरा गरी सम्पूर्ण सेवा सञ्चालन हुने जनाएको छ ।
गत वैशाख १६ गतेदेखि स्वास्थ्य, शान्ति सुरक्षालगायत अत्यावश्यक सेवाबाहेक कार्यालयबाट उपलब्ध हुने अन्य सेवा बन्द भएका थिए ।
आजदेखि नियमित रुपमा नागरिकता, परिचयपत्र, राहदानी वितरण, सिफारिस जस्ता सेवा प्रवाह हुनेछन् । जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि विज्ञप्ति निकालेर सबै सरकारी एवं सार्वजनिक निकायलाई नियमित सेवा प्रवाहको व्यवस्था मिलाउन भनेको छ ।
आइतबारसम्पन्न् उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले मंगलवारदेखि निषेधाज्ञा खुकुलो बनाउनेसहित सरकारी सेवा प्रवाह तथा बैंक, वित्तीय संस्था, सहकारी, गैरसरकारी संस्थाहरूमा स्वास्थ्य मापदण्डसहित थोरै जनशक्ति र वैकल्पिक उपाय अवलम्बन गरी सञ्चालन गर्ने निर्णय गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस