काठमाडौँ- आजबाट राइड सेयरिङ्ग ‘टुटल’ र ‘पठाओ’ ले पनि आ–आफ्नो सेवा जोर–विजोर प्रणालीमा भाडाको ट्याक्सीसँगै निजी सवारी साधनहरु समेत खुलेसँगै सुरु गरेका छन् ।
गत बैशाख १६ गतेदेखि कोभिड–१९ को दोस्रो लहर मुलुकमा तिब्र संक्रमण बढेसँगै उपत्यकासहित उपत्यका बाहिरका मुख्यमुख्य सहरहरुमा निषेधाज्ञामा लागू गरिएको थियो । योसँगै राइड सेयरिङ्ग टुटल र पठाओको सेवा समेत करिब दुई महिना रोकिन पुगेको थियो ।
पछिल्लो समय सरकारले असार ८ गतेदेखि जोर–विजोर प्रणालीमा निजी सवारी साधनसँगै भाडाका ट्याक्सीलाई समेत चल्न दिने निर्णय गरेसँगै आजबाट यी कम्पनीहरुले पनि आफ्नो सेवा सुरु गरेका हुन् ।
प्रवन्ध निर्देशक शिंक्षित भट्टराईका अनुसार आजबाट टुटलको सेवा पनि सुरु भएपनि सेवा भने सरकारले तोकिएकै मापदण्ड अनुसार जोर–विजोर प्रणालीमै सञ्चालन हुने र स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरिने छ । तर, यसको ग्यारेन्टी भने, राइडर र प्यासेन्जर स्वयं आफै हुनुपर्ने उनको भनाई छ ।
यस्तै, अर्को राइड सेयरिङ्ग प्ल्याट फर्म पठाओले पनि आजबाटै सेवा सुरु गरेको जनाएको छ । पठाओका प्रवन्ध निर्देशक आसिम मान बस्न्यातले अहिलेको जोखिमयुक्त समयमा त्यो पनि जोर विजोर प्रणालीमा खुलेको सेवालाई कसरी व्यवस्थित गर्ने भन्ने कुरामा भने गृहकार्य हुँदै गरेको बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस