काठमाडौँ- आजदेखि कोरोना भाइरसको जोखिम र संक्रमणको कारण रोकिएको अन्तर्राष्ट्रिय उडान सुरु हुँदैछ । सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेअनुसार आजदेखि अन्तर्राष्ट्रिय उडान सुरु हुनेछ भने आगामी असार १७ गतेदेखि आन्तरिक उडान खुल्नेछ ।
आज पहिलो दिन दुई वटा मात्रै उडान हुनेछ । नेपाल एयरलाइन्सले कतारको दोहाका लागि उडान भर्नेछ। त्यस्तै नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले टर्कीस एयरलाइन्सले इस्तानबुलबाट यात्रु लिएर आउने जानकारी दिएका छन् ।
जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी अर्को आदेश नभएसम्मका लागि उडान सुरु हुन लागेको क्षेत्री भनाइ छ । प्रवक्ता क्षेत्रीका अनुसार कुल संख्याको ५० प्रतिशत नबढ्ने गरी उडान भर्न सरकारले दिएको निर्देशन अनुसार नै व्यवस्थान गरिएको छ । उडानको मिति तोक्ने जिम्मेवारी मन्त्रिपरिषद बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई दिएको थियो ।
मन्त्रालयले आगामी जुन ३० तारिख सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ । कोरोनाका कारण केहि हप्ता यता उडान रोकिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस