काठमाडौँ- आज कनकाई, कोशी, कमला, बागमती र त्यसका केही सहायक नदी तथा खोलाको आकस्मिक बहाव बढ्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखालेनारायणी‚ कर्णाली‚ महाकाली‚ राप्ती र बबई नदीमा भने पानीको बहाव सामान्य बढ्ने जनाएको छ ।
शनिबार प्रदेश १ का इलाम‚ झापा‚ मोरङ‚ उदयपुर‚ ओखलढुंगा‚ धनकुटा‚ ताप्लेजुङ‚ र संखुवासभा भई बहने नदी तथा खोलाको बहाव बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखालेआग्रह गरेको छ ।
यस्तै‚ महाशाखाले प्रदेश २ का बारा‚ धनुषा‚ सिरहा र सप्तरीमा रहेका नदी तथा खोला आसपासका बासिन्दालाई सचेत रहन बताएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका रसुवा‚ सिन्धुपाल्चोक‚ रामेछाप‚ नुवाकोट‚ दोलखा‚ धादिङ‚ चितवन‚ मकवानपुर‚ काठमाडौं र सिन्धुलीका नदी तथा खोलाको बहाव बढ्ने छ ।
गण्डकी प्रदेशका गोरखा‚ लमजुङ‚ म्याग्दी‚ बाग्लुङ‚ परासी र लुम्बिनी प्रदेशका नवलपुर‚ गुल्मी‚ पाल्पा‚ दाङका नदी तथा खोलाको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रेदशका जाजरकोट‚ दैलेख‚ कालीकोट‚ सल्यान‚ सुर्खेत‚ डोल्पाका नदी तथा खोलामा बहाव बढ्ने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस