काठमाडौँ- काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा पुनः एकसाता थपिने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीका अनुसार कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा पुनः थप्ने तयारी भइरहेको छ ।
उनले एक साताका लागि थपिने निषेधाज्ञाको प्रावधान यसअघि जस्तै हुने बताएका छन् । उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा यही असार १४ गते राति १२ बजे सकिँदै छ । अहिले समय तोकेर सबै किसिमका पसलहरु खोल्न दिइएको छ ।
उनले उपत्यकाका तीन जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर) का सीडीओहरुको संयुक्त बैठकले यसबारे थप निर्णय गर्ने बताएका छन् । आजै सीडीओहरुको संयुक्त बैठकसमेत बस्दै छ । सार्वजनिक यातायात सञ्चालनका विषयमा समेत आजको बैठकले केही निर्णय गर्न सक्ने उनको भनाइ छ। उनले भने, “निश्चित मापदण्ड बनाएर समर्वजनिक यातायातसमेत जोरबिजोर प्रणालीमा सञ्चाचलन गर्न सकिन्छ । यसबारे विस्तृत छलफल गरी बैठकबाट नै निर्णय हुनेछ।”
यसअघि मोटरसाइकल, जीप, कार, भ्यान, ट्याक्सीलगायतमा जोर–बिजोर लागु गरिएको छ । सार्वजनिक सवारी–साधन, विद्यालय, मठ–मन्दिर, पार्टी प्यालेसलगायतमा प्रतिबन्ध कायमै छ । सरोकारवालाहरुले निषेधाज्ञा थप खुकुलो बनाउन माग गरेका छन् ।
सार्वजनिक यातायात सञ्चालनमा ल्याउन राष्ट्रिय यातायात व्यवसायी महासंघले माग गरेको छ । त्यसमा प्रशासन सकारात्मक देखिएको बताइएको छ। काठमाडौँ उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ।
सीडीओ पराजुलीले कुन–कुन क्षेत्रमा खुकुलो बनाउने भन्नेबारे टुंगो लागिनसकेको बताएका छन् । उनले भने, “सबै क्षेत्र एकैचोटि खुकुलो बनाएर मात्रै हुँदैन । चरणबद्ध रुपमा खुकुलो बनाउँदै लैजानुपर्छ । पछिल्लो साताको संक्रमणदर समीक्षा गरी निषेधाज्ञाको मोडालिटी परिवर्तन गरिनेछ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस