काठमाडौँ- स्थल मार्गबाट विदेशी नागरिकले नेपाल प्रवेश गर्न नपाउने भएका छन् । सरकारले हालै सार्वजनिक गरेको विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, २०७८ ले यस्तो व्यवस्था गरेको हो ।
कोभिड–१९ सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारमा प्रतिकूल असर नपर्ने गरी नेपाल आउने नेपाली तथा विदेशी नागरिकको आवागमनलाई व्यवस्थित गर्न यस्तो आदेश जारी गरिएको हो । आदेशको व्यवस्थाअनुसार विदेशी नागरिकले नेपालले निर्धारण गरेका सर्तहरूको पालना गरी हवाई मार्गबाट मात्र प्रवेश गर्न पाउनेछन् ।
नेपाली नागरिक भने दक्षिणतर्फका १३ वटा नाकाबाट नेपाल प्रवेश गर्न सक्नेछन् । उत्तरतर्फको नाका भने आदेशमा समावेश गरिएको छैन । विदेशबाट नेपाल आउँदा हवाई यात्रुहरूले अध्यागमनमा दर्ता गर्नुपूर्व ७२ अघिल्लो १२ घण्टाभित्रको फोटो एवं बारकोडसहितको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण पेस गर्नुपर्नेछ ।
त्यस्तै, सीसीएमसीको वेबसाइटमा रहेको आगमन फाराम भरेको यकिन गरेपछि मात्र यात्रुहरूको दर्ता गराउनुपर्ने व्यवस्था गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस