हेटौंडा- मकवानपुरको विभिन्न स्थानमा लगातारको वर्षाले बाढी, पहिरो र डुबानको समस्या भएको छ ।
बुधबारदेखिको लगातारको वर्षाले हेटौंडा उपमहानगरपालिका–५ को करिव २०० घर डुबानमा परेका छन् । लट्टिनाथ, सिँचाइ टोल र राईटोलका घर डुबानमा परेका वडा अध्यक्ष राजेश बानियाँले बताएका छन् । शुक्रबार राति परेको भीषण वर्षापछि आएको घर डुबानमा परेको हो ।
वडाध्यक्ष बानियाँका अनुसार घर डुबानमा परेपछि केही स्थानीय अन्य टोलको घरमा गएर बसेका र केही माथिल्लो तलामा बसिरहेका छन् । डुवानमा परेको पानी कटाउने काम भइरहेको र थप पानी परे ठूलो जोखिम निम्तने सक्ने उनको भनाइ छ ।
यस्तै, थाहा नगरपालिकाको वडा नम्बर २ र ३ को फेदीगाउँको करिब २५ घरपरिवार अन्यत्र सरेका छन् । नगरपालिकाका उपप्रमुख खड्ग गोपालीले फेदीखोलाको बहाव बढेको र पहिरोको पनि जोखिम रहेकाले उनीहरु अन्यत्र सरेको जानकारी दिएका छन् ।
गोपालीले भने, “रातभरि पानी परिरहँदा कुनै पनि बेला खोला बढेर बस्तीमा आउन सक्ने र पहिरो पनि खस्न सक्नने जोखिम रहेको हुँदा हामीले त्यहाँ नबस्न आग्रह गरेका थियौं । त्यहाँको करिब २५ परिवार अन्यत्र आफन्तको घरमा सर्नुभएको छ।” थाहा नगरपालिकाको २ र ३ नम्बर वडामा २०५० सालमा आएको बाढीले ठूलो मात्रामा जनधनको क्षति गरेको थियो ।
गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले मनहरी गाउँपालिकाको विभिन्न वडाको खेतीयोग्य जमिनहरु बगाएर लगेको बताएका छन् । उप्रेतीले गाउँपालिकाको विभिन्न स्थानमा खहरे बढ्दा करिब ५०० घर जोखिममा रहेको बताएका छन् । उनले लगातार पानी परिरहे ती घरपरिवारलाई विद्यालयमा सार्नुपर्ने पनि बताएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस