काठमाडौँ- विश्वविद्यालयले यस पटकको परीक्षा सञ्चालन गर्दा परीक्षा केन्द्रमा व्यापक वृद्धि गरेको छ । सबैजसो जिल्लामा परीक्षा केन्द्र राख्नुपर्ने र विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तनको अवसरसमेत दिइएका कारण यस पटक ३५० वटा परीक्षा केन्द्र बनाउनुपर्ने अवस्था रहेको जनाइएको छ ।
यसअघि स्नातक तहको परीक्षामा जम्मा २१० वटा मात्रै परीक्षा केन्द्र बनाइएको थियो । विद्यार्थीलाई सुविधा पुग्नुका साथै सुरक्षितसमेत हुने अनुमान गरी केन्द्रको सङ्ख्यामा वृद्धि गरिएको हो ।
यसका साथै सरकारले उपलब्ध गराएको कोरोनाविरुद्धको खोपमा विश्वविद्यालयका शिक्षक तथा कर्मचारी पनि समेटिएपछि परीक्षा सञ्चालनमा थप सहज हुने अपेक्षा गरिएको छ ।
मङ्गलबारदेखि खोप पाउने समूहमा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीलाई पनि समावेश गरिएको छ । विश्वविद्यालयले परीक्षा तथा विश्वविद्यालयका कक्षा सञ्चालनका लागि शिक्षक तथा कर्मचारीलाई खोपको प्राथमिकतामा राख्न सरकारसित लबिङ गर्दै आएको थियो ।
विश्वविद्यालयको परीक्षा सञ्चालनमा शिक्षक तथा कर्मचारीको प्रत्यक्ष सहभागिता रहने गरेको छ । शिक्षक, कर्मचारीले खोप पाएपछि अब सुरक्षित रूपमा परीक्षा सञ्चालन गर्न मनोबल उच्च हुने परीक्षा नियन्त्रक जोशीले बताउनुभयो । विश्वविद्यालयले साउन पहिलो सातादेखि स्नातक तहको परीक्षा सञ्चालन गर्दैछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस