काठमाडौँ- कक्षा १२ को परीक्षा सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड पालना गर्न प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ ।
यही साउन ३१ गतेदेखि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ । चार लाख परीक्षार्थीले चार हजार ३३५ परीक्षा केन्द्रबाट करीब ९० विषयको परीक्षा दिँदै छन् । समितिको बुधबार सम्पन्न ‘कोभिड–१९ को संक्रमणका बीचमा कक्षा १२ लगायत अन्य परीक्षा सञ्चालन र स्वास्थ्य मापदण्ड’ विषयक छलफलमा जनस्वास्थ्यका मापदण्ड पूरा गरेर मात्र परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।
परीक्षा केन्द्रमा चिकित्सक, नर्स र औषधिको व्यवस्था गरेर मात्र परीक्षा सञ्चालन गर्नुपर्ने समिति सभापति जयपुरी घर्तीले बताइन् । संक्रमित विद्यार्थीलाई छुट्टै व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।
भौतिक उपस्थितिमा परीक्षा सञ्चालनका लागि शिक्षक र विद्यार्थीलाई खोप उपलब्ध गराउनुपर्ने समिति सदस्य गिरिराजमणि पोखरेलले बताएका छन् । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा विद्यालयले आफैं आन्तरिक मूल्यांकन गरेर पठाउँदा अनियमितता गरेकाले कार्यविधि परिवर्तन गरिनुपर्नेमा जोड दिएका छन् । परीक्षा केन्द्रित पठनपाठन शैलीमै परिवर्तन गर्नुपर्ने सदस्य विद्या भट्टराईले बताइन् ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले समितिले दिएको सुझावअनुसार परीक्षा सञ्चालन गरिने बताएका छन् । ‘भर्चुअल’ विधिबाट पढाइ भए पनि दुर्गम क्षेत्रमा इन्टरनेटको समस्याका कारण प्रभावकारी हुन नसकेकाले भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्नु परेको उनले बताएका छन् ।
बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले विद्यार्थीलाई संक्रमणबाट जोगाउन छुट्टै सेन्टरको व्यवस्था गरिएको बताएका छन् ।
अहिलेको परीक्षामा सहभागी हुन नसकेका संक्रमित विद्यार्थीले पछि पनि परीक्षा दिने पाउने व्यवस्था मिलाइएइको यनले बताए । एउटा केन्द्रमा २ सयभन्दा बढी परीक्षार्थी नहुनेसमेत उनले जानकारी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस