विराटनगर- बिहीबार राति मोरङको बेलबारी नगरपालिका–९ तीनकुटियामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले भित्री सडकखण्ड हुँदै दक्षिणबाट उत्तरतर्फ तीव्र गतिमा आउँदै गरेको प्र १–०२–०४३ प ५७६८ नम्बरको मोटरसाइकल राति १० बजेतिर बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको जानकारी दिएका छन् । उनका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक बेलबारी–९ का २८ वर्षीय उमेश चौधरीको मृत्यु भएको हो ।
प्रहरीले दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा राति ११ बजेतिर मृत्यु भएको जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ३० वर्षीय श्रवणकुमार विश्वास घाइते भएका छन् । अवस्था मध्यम रहेका उनको न्युरो अस्पतालमै उपचार भइरहेको डीएसपी श्रेष्ठले बताएका छन् ।
मृतक चौधरीको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नरहेको प्रहरीको भनाइ छ । लाइसेन्स प्राप्त नगरेका चालकले तीव्र गतिमा कुदाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस