पर्वत- प्रहरीले अवैध रूपमा कालीगण्डकी दोहनमा प्रयोग भएका ३२ वटा गाडीलाई नियन्त्रणमा लिएको छ । पछिल्ला चार दिनमा प्रहरीले नदी दोहनमा प्रयोग भएका गाडीलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो ।
साउन १६ देखि १९ सम्म अवैध रूपमा नदीजन्य पदार्थको उत्खननमा प्रयोग भएका सवारी साधनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिएका छन् । ती गाडीलाई पाँच लाख दुई हजार ५०० रुपैयाँ जरिवाना गराइएको उनले बताएका छन् ।
कुश्मा नगरपालिकामा पर्ने कालीगण्डकी नदीको किनारमा अवैध रूपमा नदीजन्य पदार्थ गिट्टी, बालुवा उत्खनन गरिरहेका पाँचवटा ट्रिपर, नौवटा एक्स्काभेटर र १८ वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिएर कारबाहीको लागि कुश्मा नगरपालिकालाई जिम्मा दिएको उनले बताए ।
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वत, प्रहरी चौकी मिलनचोक र प्रहरी चौकी वारीवेनी पर्वतको बगरमा खटिएको प्रहरी टोलीले कुश्मा नगरपालिकाका विभिन्न स्थानबाट ती गाडीहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले बताएका छन् । जरिवाना तिरेको रसिदका आधारमा मात्रै प्रहरीले गाडी धनीलाई गाडी फिर्ता लैजान दिएको र केहीले जरिवाना रकम नतिरेका कारण अझै पनि नियन्त्रणमा राखिएको उनले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस