सल्यान- सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानले जिल्लाको कालिमाटी गाउँपालिका-४ चम्बुताराबाट मिक्चर बोकेर कालिमाटी आउँदै गरेको रा१त ४०४२ नम्बरको ट्याक्टर मंगलबार राति साढे सात बजे दुर्घटना भएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले दुर्घटनामा ट्याक्टर चालक सल्यान कालिमाटी गाउँपालिका-३ का १९ वर्षीय खुमबहादुर ओली र मिक्चर हेल्पर शोही ठाउँ बस्ने २० वर्षीय यज्ञ बहादुर केसीको घटनास्थलमै मृत्यु भएको जानकारी दिएका छन् ।
यस्तै कालिमाटी गाउँपालिका-३ का जंगबहादुर सिरिष मगर, ट्याक्छर सहचालक सोही ठाउँ बस्ने वर्ष १७ का कमल विक र मिक्चर हेल्पर कालिमाटी गाउँपालिका ४ का २० वर्षीय खुमबहादुर बस्नेत घाइते भएका छन् ।
सूचना अधिकारी पौडेलले घाइते मगर र विकको अवस्था गम्भीर रहेको बताएका छन् । घाइते तीनै जनाको उपचारका लागि तुलसीपुर पठाइएको प्रहरीले जनाएका छ । मिक्चर बोकेको ट्याक्टर अनियन्त्रित हुँदा सडकबाट ५०/६० मिटर तल खसेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस