अर्घाखाँची- पाणिनी गाउँपालिका-५ मैदानमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले मृत्यु हुनेमा पाणिनी-६ धातिवाङ्गका ४५ वर्षीय मानबहादुर सुनार रहेको जानकारी दिएका छन् ।
मेघराज घिमिरेको घरमा प्लाष्टर गर्ने क्रममा शुक्रबार साँझ ५ बजे घरमाथिबाट खसेको पहिरोमा उनी पुरिएका थिए । स्थानीयले पहिरो खस्दा उनी एक्लै काम गरिरहेको बताएका छन् ।
स्थानीय बासिन्दा, प्रहरी र जेसिबी मेसिनको सहयोगले शुक्रबार राति सवा ९ बजे उनलाई मृत अवस्थामा फेला पारिएको पाणिनी-५ का वडा अध्यक्ष जीवलाल घिमिरेले बताएका छन् । सुनारको शव पोष्टमार्टमका लागि शनिवार जिल्ला अस्पताल अर्घाखाँचीमा ल्याउने प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस