काठमाडौँ- लगातारको वर्षाका कारण पहिरो आउँदा अवरुद्ध भएको अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग पुनःसञ्चालन भएको छ । शुक्रबार साँझ डोटीको गैरा तथा डडेल्धुराको साहुँखर्कअन्तर्गत पर्ने उक्त राजमार्गको कटाल भन्ने ठाउँमा पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको थियो ।
अवरुद्ध भएको राजमार्ग सडक डिभिजन कार्यालयको डोजर, प्रहरी तथा स्थानीय नागरिकको सहयोगमा आज बिहान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । राजमार्ग सञ्चालनसँगै गए रातिदेखि जाममा परेका सवारी साधन अहिले आफ्नो गन्तव्यतिर लागेको जिल्ला प्रहरी कार्यालय डोटीका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए ।
राजमार्ग अवरुद्ध हुँदा यहाँका सात पहाडी जिल्लाको यातायात सेवा गए रातिदेखि बन्द भएको थियो । उक्त राजमार्गका विभिन्न स्थानमा रहेका सडकका मोड विस्तार तथा फराकिलो बनाउने काम भइरहेकाले सामान्य वर्षा हुँदासमेत पहिरो जाने गरेका कारण पटक पटक अवरुद्ध हुँदै आएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस