भक्तपुर- सल्लाघारीमा पूर्वी नाका साँगाबाट काठमाडौं उपत्यका प्रवेश गर्ने लामो दूरीका ठूला सार्वजनिक बसको बसपार्क बनाउने प्रस्तावको भक्तपुर नगरपालिकाले विरोध गरेको छ ।
सल्लाघारीमा बसपार्क बनाउने काठमाडौँ महानगरपालिकाले प्रस्ताव गरेको हो । भक्तपुर नगरपालिकाले उक्त प्रस्ताव काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर गरिएको टिप्पणी गरेको छ । सल्लाघारीको १०८ रोपनीको खुला क्षेत्रमा बसपार्क बनाउने प्रस्ताव गरिएको छ ।
नगरपालिकाले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ‚ “काठमाडौं महानगरपालिकालाई आफ्नो क्षेत्राधिकार बुझ्न र स्थानीय सरकारको स्वायत्तताबारे अध्ययन गर्न पनि भक्तपुर नगरपालिका सचेत पार्न चाहन्छ।”
भक्तपुर नगरपालिकाको भौगोलिक र प्रशासनिक अधिकार क्षेत्रको विषयमा अनधिकृत रुपले काठमाडौं महानगरपालिकाले गठन गरेको अध्ययन कार्यदलले प्रतिवेदन पेश गर्नुलाई खेदजनक विषय भएको टिप्पणी गरिएको छ । उक्त प्रस्ताव ख्वप विश्वविद्यालय स्थापना गर्न नदिने जालसाजी भएको नगरपालिकाले आरोप लगाएको छ ।
विज्ञप्तिमा गत साउन ३२ मा महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी नेतृत्वको प्रतिनिधि मण्डलले नगरप्रमुख सुनिल प्रजापतिसँग भेटघाट गरेको र भेटमा विभिन्न विषयमा छलफल हुनुका साथै यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदलको विषयमा पनि सामान्य छलफल भएको जनाउँदै सल्लाघारीस्थित १०८ रोपनी जग्गामा भक्तपुर नगरपालिकाले २०६० सालदेखि नै ख्वप विश्वविद्यालय स्थापना गरी सो अन्तर्गत चिकित्सा शास्त्र अध्ययनका लागि सदुपयोग गर्ने योजना रहेको विस्तृत जानकारी दिएको जनाएको छ ।
छलफलमा बसपार्कजस्ता अत्यन्त व्यस्त हुने संवेदनशील विषयमा सबैसँग गहन छलफल गरी उपयुक्त ठाउँमा टुंगो लगाउनुपर्ने तथा बसपार्क क्षेत्रमा हुने वातावरणीय र सांस्कृतिक प्रदूषण, आर्थिक र सामाजिक प्रभावलगायतका विषयमा गम्भीरताका साथ अध्ययन हुनुपर्ने पनि सुझाव दिएको नगरपालिकाले बताएको छ ।
नेपाल ट्रष्टको नाममा रहेको उक्त जग्गा भक्तपुर नगरपालिकाले नेपाल ट्रष्टसँग समन्वय गरी आफ्नै लगानीमा चारैतिर पर्खाल लगाई गेटहरुकोसमेत व्यवस्था गरी संरक्षण गर्दै आएको जनाउँदै काठमाडौं महानगरपालिकाको यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदलद्वारा सहमतिविना यातायात सञ्चालनसम्बन्धी प्रतिवेदन पेश गरेको भन्दै प्रतिवेदनलाई भक्तपुर नगरपालिकाले गैरजिम्मेवार र स्थानीय तहको अधिकारमाथि हस्तक्षेपको रुपमा लिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस