काठमाडौँ- आज विहान अफगानिस्तानबाट उद्धार गरेर कतारमा राखिएका थप ९० जना नेपाली नेपाल आइपुग्ने भएका छन् ।
नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले कतार एयरवेजको विमानबाट आज विहान सवा ९ बजे थप ९० जना नेपाली आउने जानकारी दिएका छन् । अफगानिस्तानबाट कुवेत पुगेका केहि नेपाली आउने भनिए पनि उनीहरुको पिसिआर परिक्षण हुन नसकेकाले कुवेतमै रोकिएको उनले बताएका छन् ।
गएराति थप ८७ जना नेपाली नागरिक स्वदेश फर्किएका छन् । मंगलबार बिहान जजिरा एयरलाइन्सको विमानले १ सय १८ जना नेपाली नागरिक र ९ जना भारतीयलाई ल्याएको थियो । परराष्ट्र मन्त्रालयले छिमेकी राष्ट्रहरुसँगको निरन्तर प्रयास र समन्वयका आधारमा नेपाली नागरिक काठमाडौँ आइपुगेका जनाएको छ ।
नेपाल आइपुगेकालाई आवश्यक प्रक्रिया पूरा गरी सीसीएमसीको समन्वयमा सामाखुशिस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोरोना परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ । मन्त्रालयका अनुसार मंगलबार साँझसम्ममा कन्सुलर सेवा विभागको वेबसाइडमा २ सय ५६ नेपालीले आफ्नो विवरण दर्ता गरेका छन् ।
अफगानिस्तानमा रहेका नेपालीलाई कन्सुलर सेवा विभागको वेबसाइटको अनलाइन पोर्टलमा रहेको नामसहितका विवरण दर्ता गर्न भाइबर र ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बर उपलब्ध गराइएको छ ।
उद्धारको पखाईमा रहेका नेपालीलाई उद्धार नहुँदासम्म जो जहाँ रहेपनि तोकिएको सम्पर्क नम्बरमा सम्पर्कमा रहन तथा एक आपसमा त्यहाँ रहेका नेपालबीच उपलब्ध माध्यमबाट सूचना आदानप्रदान गर्न र सुरक्षित रहन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस