काठमाडौँ- गृह मन्त्रालयका अनुसार बुधबारसम्म अफगानिस्तानबाट २७२ जना नेपाली नागरिकको उद्धार गरिएको छ । बुधबार अफगानिस्तानबाट कतार एयरवेजको जहाजबाट थप ६१ जना नेपाली स्वदेश फर्किएको मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।
जजिरा एयरलाइन्सको चार्टर्ड बिमानबाट मंगलबार दिउँसो ११८ र सोही दिन राति ८४ जना नेपाली स्वदेश आइपुगेको उनले जानकारी दिए ।
त्यस्तै, अफगानिस्तानबाट नेपाल फर्किन चाहने नेपालीले अनलाइन रजिस्ट्रेसनमा आफ्नो विवरण दर्ता गर्न सक्ने व्यवस्थासमेत गरिएको छ ।
अहिलेसम्म अगानिस्तानबाट नेपाल फर्किन चाहने २५६ जना नेपालीले आफ्नो विवरण दर्ता गराएका प्रवक्ता पोखरेलले जानकारी diyekaa छन्।
कन्सुलर सेवा विभागको अनलाइन पोर्टलमा रहेको नामसहितका विवरण दर्ता गर्न भाइबर र ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बर उपलब्ध गराइएको समेत उनले बताए।
कन्सुलर सेवा विभागको ९७४९३२६४५८, परराष्ट्र मन्त्रालयको ९७४९३२६४५९ र नेपाली दूतावास नयाँ दिल्लीको ८९२९६०११२५ नम्बरको प्रयोग गरी आफ्नो विवरण टिपाउन अनुरोध गरिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस