काठमाडौं- आज ३१ अक्टोबर अर्थात विश्व सहरीकरण दिवस । विश्वव्यापी सहरीकरणको अवसर, सहरीकरणका चुनौतिका सामना तथा सहरका एक आपसमा सहयोगका आदान–प्रदान गर्दै सहरी विकासका लागि योगदान पु¥याउने उद्देश्यका साथ विश्वभर विश्व सहरीकरण दिवस मनाइँदै छ ।
‘प्रमुख सहरी रूपान्तरण’ मूल नाराका साथ सन् २०१४ मा चीनमा पहिलो पटक सहरीकरण दिवस मनाइएको थियो । यस वर्ष ‘जलवायु लचिलोपनका लागि सहरहरू अनुकूलन गर्ने’ नाराका साथ विश्व सहरीकरण दिवस मनाइँदै छ ।
संसारभर बाढी, खडेरी, समुन्द्री सतहमा आएको वृद्धि, बढ्दो गर्मी, पहिरो तथा आँधी जस्ता जलवायु सम्बन्धी प्रकोपको असर बढ्दै गएको सन्दर्भमा विश्व सहरीकरणको दिवसले खास अर्थ राख्छ ।
व्यवस्थित आवास, यातायात, संचार जस्ता दैनिकीलाई सहज बनाउने सबै किसिमका सेवासुविधायुक्त क्षेत्रलाई नै सहर भनिन्छ र यो हुनु वा बनाउनुलाई सहरीकरण भनिन्छ । तर, अहिले सहरीकरणको नाममा प्रकृतिक तथा सांस्कृतिक सम्पदालाई मासेर स्मार्ट सहरको नाम झुण्ड्याउने लहर छाएको छ । यस्ता गतिविधिले सहरलाई अस्तित्वहिन मानव बस्ती बनाउनु बाहेक अरु कुनै परिवर्तन गर्न सक्दैन ।
व्यवस्थीत सहरीकरणमा समयसँगै विकास भएका प्रविधिको प्रयोग हुनु एउटा पाटो भए पनि हाम्रा कला, सांस्कृतिक तथा सामाजिक पहिचानको पनि संरक्षण गर्नु अहिलेको आवश्यकता छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस