न्युयोर्क- फेसबुकले कम्पनीको नाम परिवर्तन गरेपछि सामाजिक सञ्जालका प्रयोगकर्ताले व्यंग्य गर्न थालेका छन् । कम्पनीले नाम परिवर्तन गरेर मेटा राखेपछि ट्विटर प्रयोगकर्ताले मजाक गरेका छन् ।
एक प्रयोगकर्ताले नयाँ नाम लागूऔषध जस्तो लागेको प्रतिकृया दिएका छन् । ‘तपाई मेटामा हुनुहुन्छ भनेर कसैलाई कसरी भन्न सक्नुहुन्छ ? मेटाको आवाज नै लागूऔषध जस्तो छ,’ केयर अवेर अकाउन्टमा फ्रान्सिन जिविट लेख्छन् ।
नयाँ नाम जोकजस्तै सुनिएको केही प्रयोगकर्ताको प्रतिकृया छ । कम्पनीले फेसबुकको नाम रिब्रान्ड गरेको देख्दा आफूलाई दिक्क लागेको उनीहरुको भनाई छ । ‘फेसबुकले किन मेटा नाम राख्यो ? सायद कुनै जोश नभएर होला ?’ मेक्सगफ नामका ट्विटर प्रयोगकर्ता टिप्पणी गर्छन् ।
फेसबुकले नाम परिवर्तनबारे ट्विटरमा गरिएको बहस आफैमा मेटा भएको केहीले व्यंग्य गरेका छन् । जोन रस लेख्छन्, ‘फेसबुकमा पोस्ट गरिएका हरेक बिषय आफैमा मेटा हुन् । ’
इजरायल र प्यालेस्टायनमा हेब्रु समुदायले मेटाको अर्थ मृत भन्ने बुझिन्छ । फेसबुकले नाम परिवर्तन गरेपछि एउटा चिहानको तस्विर सामाजिक सञ्जालमा सेयर गरिएको थियो ।
नाम परिवर्तनप्रति धेरैले असन्तुष्टि देखाएका छन् । एक प्रयोगकर्ताले एनबीए खेलाडी मेटा वल्र्ड पिसको तस्बिर पोस्ट गर्दै अगाडि लेखेका छन्, ‘हामीलाई थाहा भएको मेटा यही हो ।’
म्याट ओस्वाल्ट अगाडि लेख्छन्, ‘मेटा भनेको मैले विद्यालय पढ्दा मलाई असाध्यै मन पर्ने केटीको नाम हो । धेरै समयपछि उनले खोपबिरोधी लिंक पोस्ट गरेको देखे ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस