काठमाडौँ – बलिउड फिल्म निर्देशक तथा निर्माता रामगोपाल बर्माले शाहरुख खानका छोरा आर्यन खान ड्रग्स केसमा धरौटीमा छुटेको विषयलाई मजाकका रूपमा उडाएका छन् । उनले सामाजिक सञ्जालमार्फत आर्यनको मजाक उडाएका हुन् ।
‘हरेक बर्ष तिहारमा एकजना खानको फिल्म रिलिज हुँदै आएको थियो । यो वर्ष पनि एउटा खान रिलिज भएको छ,’ बर्माले ट्विटरमार्फत लेखेका छन् ।
‘सत्या’, ‘रंगीला’, ‘जंगल’, ‘प्यार तुने क्या किया’, ‘कम्पनी’, ‘रोड’, ‘सरकार राज’ जस्ता चर्चित फिल्मका निर्देशक तथा निर्माता वर्मा पछिल्लो समय भने सामाजिक सञ्जालमा अन्टसन्ट ट्विटर तथा स्टाटसका कारण चर्चा र विवादमा परिरहन्छन् । उनले विशेषगरी बलिउड स्टार, स्टारकिड तथा नेताहरूलाई व्यंग्य गर्ने गरेका छन् । यसपटक उनको निशानामा शाहरुखपुत्र आर्यन परे ।
आर्यन शनिबार बिहान जेलबाट रिहा भएर घर गएका थिए । त्यसपछि उनको रिहाइबारे बर्माले ट्विट गरेका हुन् । आफ्नो अभिव्यक्तिका कारण धेरै गाली खाने निर्देशकमा बर्मा पनि पर्छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस