काठमाडौं- शिवम् सिमेन्ट्सको साधारणसभा भोलि मंगलबार बस्ने भएको छ । शिवम्ले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई करसहित २९ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न सोल्टी होटल सोल्टीमोड काठमाडौंमा बिहान १० बजे सभा आह्वान गरेको हो ।
कोरोनाका कारण सभा भर्चुअल माध्यमबाट पनि सञ्चालन हुने कम्पनीले जनाएको छ । शिवम सिमेन्ट्सले दिन लागेको यो अहिलेसम्मकै धेरै लाभांश हो । गत वर्ष कम्पनीले सेयरधनीलाई २४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
सभामा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । सोही आर्थिक वर्षको नाफा/नोक्सान, नगद प्रवाहलगायतको विषयमा छलफल गर्ने एजेन्डा छ । कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ ८ कात्तिकमा बुक क्लोज गरेको छ । यसअनुसार ७ कात्तिकसम्म नेप्सेमा कायम सेयरधनीले लाभांश सुरक्षित गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस