अछाम – १४ दिनदेखि अज्ञात रहेका अछामका एक पुरुषको शव भेटिएको छ । कमलबजार नगरपालिका-५ कुईका ३४ वर्षीय रेशमराज तिमिल्सैनाको शव साेमबार भेटिएको हो । १४ दिनसम्म नेपाल प्रहरीको सबै संयन्त्र लगाएर खोजी कार्य गरिए पनि तिमिल्सैनाको अवस्था अज्ञात थियो ।
गएको २ कात्तिकमा गैरिटाँडबाट बेपत्ता भएको भनिएका तिमिल्सैनाको शव १४ दिनपछि गैरिटाँड बजार नजिकैको बाँसको झाडीमा भेटिएको हो । अहिले अछाम जिल्लाका प्रहरी प्रमुख तुल्सीराम अर्यालसहितको टोली गैरिटाँड पुगेको छ । तिमिल्सैनाका आफन्तसँग प्रहरीको छलफल भइरहेको छ ।
तिमिल्सैनाका आफन्तले गैरिटाँड बजार बन्द गरेका छन् । आफन्त र स्थानीय मिलेर सडकमा चक्का जाम गरिएकाे छ । रहस्यमय तरिकाले घटना भएको भन्दै उनीहरू आक्रोशित भएका छन्। शव फेला परेको स्थानमा प्रहरीले कसैलाई जान दिएको छैन ।
काठमाडाैंबाट समेत अनुसन्धानको टिम अछाम आएर खोजीकार्य भए पनि १३ दिनसम्म तिमिल्सैनाको अवस्था पत्ता लागेको थिएन । तिमिल्सैना बसेकै ठाउँ नजिकै उनकाे शव फेला पर्नुले घटना रहस्यमय भएको परिवारको आरोप छ । ३१ असोजमा मंगलसेनबाट घर फर्किने क्रममा गैरिटाँडकै एक होटलमा बसेका तिमिल्सैना बेपत्ता भएकाे बताइएकाे थियाे । उनी कांग्रेसका क्षेत्रीय प्रतिनिधिसमेत हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस