काठमाडौं – नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल भारत प्रस्थान गरेका छन्।
इन्डिया फाउण्डेसनको निमन्त्रणामा कार्तिक २१ गतेदेखि २३ गतेसम्म बिहारको नालन्दा विश्वबिद्यालयमा हुने बिशेष सभामा ढकालले सम्बोधन गर्न भारत प्रस्थन गरेका हुन् ।
बिहारका राज्यपाल फागु चौहान र मुख्यमन्त्री नितिश कुमारले पनि उद्घाटन सत्रमा सम्बोधन गर्ने छन् । पूर्वमन्त्रीसमेत रहेका ढकालको भ्रमण दलमा परिवार दलका प्रबक्ता सन्तोष पौडेल र दक्षिण एशिया मामिलाका संयोजक कृष्ण अधिकारी सहभागी छन् ।
सम्मेलनमा कोभिड –१९ पश्चातको विश्व व्यवस्थाको बारेमा भारत र विश्वका प्रशिद्ध व्यक्तित्वहरुले सम्बोधन गर्नु हुनेछ भने भारतका महामहिम उपराष्ट्रपति एम. वेंकैया नायडुले उद्घाटन गर्ने कार्यक्रम छ । नेपालको राजनीतिमा विषेश प्रभाव राख्ने नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको पछिल्लो भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस