कपिलवस्तु – शिवराज नगरपालिकाको चन्द्रौटा बजारका दुई पसलमा मङ्गलवार राति आगलागी हुँदा करिब ९० लाख बराबरको क्षति भएको छ । आगलागी राति ९ बजेर ३० मिनेटमा भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले बताए ।
आगलागीले विष्णु भुसालले सन्चालन गरेको चन्द्रौटा फिक्स सप (कपडा पसल) जलेर नष्ट भएको छ । पसलमा रहेका कपडा र अन्य सामग्री सबै नष्ट भएको छ । यसैगरी भुसालको पसलसँगैको बाबुराम गिरीले सञ्चालन गरेको ल्यापटप हस्पिटल (कम्प्युटर पसल) मा समेत आगाे क्षति पुर्याएको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र शिवराज नगरपालिकाको दमकल परिचालन भएको थियो ।
आगलागीका कारण र क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । बिजुलीको तार सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । दुवै पसलमा गरी करिब ९० लाखको क्षति भएको अनुमान छ । कपडा पसलमा ५० लाख र कम्प्युटर पसलमा ४० लाखभन्दा बढीको सामग्री जलेको सञ्चालकहरूको भनाइ छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस