विराटनगर- विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले छठ पूजाका लागि सिंघिया घाटसम्म सडकमा घस्रेर दण्ड प्रणाम यात्रा गरेका छन् । हिजोदेखि व्रत बसेका पराजुलीले यस बर्षको छठमा घिस्रिदै यात्रा गरेका हुन् । सडकमा दण्ड प्रणाम गर्दै उनले यात्रा गरेको यो सँगै १८ पटक भएको छ । उनी २० वर्षदेखि छठकाे व्रत बस्दै आएका छन् ।
उनले विराटनगर तीन ठूलोमिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरबाट सिंघिया खोलामा रहेकाे पूजास्थलसम्म करिब साढे तीन किलोमिटर दण्ड प्रणाम यात्रा गरेको बताए । गत बर्ष पाँच घन्टा लगाएर यात्रा गरेको मेयर पराजुलीको भनाइ छ । पारजुलीसँगै उनका भतिज प्रमेशले पनि दण्ड प्रणाम यात्रा गरेका छन् । उनले ६ बर्षदेखि निरन्तर काकासँगै घस्रिएर दण्ड प्रणाम यात्रा गरिरहेका छन् । कोरोनाबाट संसारलाई मुक्त गराउनका लागि यात्रा गरेको उनले बताएका छन् । उनले भने, ‘लोककल्याण र शान्तिको कामना गर्दै मैले दण्ड प्रणाम यात्रा गरेको हुँ । यो पटककाे मेराे यात्रा अन्तिम हाे ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस