तेह्रथुम-१२औँ राष्ट्रिय जनगणना २५ कात्तिक बिहीबारबाट सुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने मुल नाराका साथ सुरु भएको जनगणनाका लागि गणकहरू आफ्नो जिम्मेवारी पूरा गर्न कार्यक्षेत्रमा खटिएका छन् । तर, जनगणनामा धर्मको महलमा कुन धर्म लेख्ने भन्नेबारे लिम्बू समुदायमा अन्योल देखिएको छ । विगतको जनगणनमा किराँत धर्म लेख्दै आएक लिम्बुहरू अहिले आफ्नो धर्म के लेख्ने भन्नेमा अन्योल देखिएको हो ।
पछिल्लो समय मौलिक कला, संस्कार, संस्कृति र परम्परालाई मान्दै आएका लिम्बूहरूको धर्म युमा साम्यो हो भन्न थालिएको छ । लिम्बु समुदायमा सत्यहाङमा (किराँत)हरूले आफ्नो मौलिकता नै नष्ट गर्दै गएपछि मुन्धुमविद मौलिक परम्परा मान्दै आएका लिम्बूहरूको धर्म युमा साम्यो नै हो भन्न थालेका छन् ।
आफुहरू प्रकृति पुजकको रूपमा मान्दै आएका लिम्बूहरूले २०४६ सालभन्दा अगाडि हिन्दु नै लेख्दै आएका थिए । तर, अहिले लिम्बुहरूले किराँत लेख्ने कि युमा लेख्ने भन्ने अन्योल भएको बताउँछन् । सत्यहाङमा (किराँत)हरूमा जाने हो भन्ने लिम्बू (याक्थुङवा)हरू हुन् भन्ने नै प्रतिबिम्बित नभएको किराँत याक्थुङ चुम्लुङ तेह्रथुमका उपाध्यक्ष दिल साङवाले बताए ।
‘यसो भन्दै गर्दा युमा साम्योले लिम्बुहरूको अस्तित्वमा समेट्छ कि समेट्दैन भन्ने कुरा गम्भीर हो । त्यसैले जनगणनामा गम्भीर हुनपर्ने अवस्था सिर्जना भएको छ’, उनले भने । किराँत याक्थुङ चुम्लुङले किराँत नै लेख्नु पर्छ भनेर आग्रह गरिरहेको छ भने युमा साम्यो महासभाले युमा साम्यो लेख्नु पर्छ भनेर अपील गर्दै आएको छ ।
किराँत याक्थुङ चुम्लुङले २०४६ सालदेखि किराँत धर्म लिम्बू समुदायमा लेख्ने अभियान सुरु गर्दै आएको छ । अहिलेको गणनामा पनि चुम्लुङले किराँत नै लेख्नु पर्छ भने अभियान चलाउँदै आइरहेको छ । किराँत र युमा साम्योबीच विवाद हुँदै आए पनि सबै लिम्बूहरू एक भएर जाँदा राम्रो हुने किराँत याक्थुङ चुम्लुङ छथरका अध्यक्ष थानाङ तिगेलाको भनाइ छ ।
किराँत र युमा साम्यो लेख्ने र लेखाउने अभियान पूर्वका विभिन्न जिल्लाहरूमा यतिबेला तीव्र रूपमा सञ्चालन हुँदै आएका छन । यो जनगणनामा सबै लिम्बूहरूले युमा साम्यो लेख्न चाहेको मुन्धुमविद तथा लालिगुराँस नगरपालिका नगर प्रमुख अर्जुन माबोहाङले बताए । तेह्रथुम, धनकुटा, संखुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरीलगायत मुलुकका विभिन्न जिल्लाहरूमा लिम्बूहरू बसोबास गर्दै आएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस