बुटवल-रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वन बिहार तथा अनुसनधान केन्द्र (वनवाटिका) मा निर्माण हुन लागेको तिलोत्तमा भ्यू टावरको निर्माण ९० प्रतिशत सकिएको छ ।
चार वर्षअघि सुरु गरिएको भ्यू टावर निर्माणको काम अआ अन्तिम चरणमा पुगेको र ९० प्रतिशत सम्पन्न भएको केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले बताए । तिलोत्तमा नगरपालिका र शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्रको संयुक्त लागतमा भ्यू टावर बनाउन लागिएको हो । यसको कुल लागत १३ करोड ५८ लाख रुपैयाँ छ ।
११ तले भ्यू टावर दुई कट्ठा क्षेत्रफलमा बनिरहेकाे छ भने अन्य पर्यटकीय पूर्वाधार दुई बिगाहा क्षेत्रफलमा बन्दै छन् । टावरको उचाईँ १३३ फिट छ भने भुई तला ३ हजार ५ सय ९५ दशमलव ८९ वर्गफिटको हुनेछ ।
भ्यू टावरमा लिफ्टसहितको सुविधा हुने छ भने यसभित्र सुविधायुक्त रेष्टुरेन्ट, पर्यटक विश्राम गर्न र बास बस्न मिल्ने कोठा, पुस्तकालयलगायत संरचना रहने छन् ।
भ्यू टावर निर्माणमा लाग्ने कुल बजेटको ७० प्रतिशत तिलोत्तमा नगरपालिका र बाँकी ३० प्रतिशत शंकरनगर वन बिहार तथा अनुसनधान केन्द्रले खर्चिने छन् । दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का समझौता भएको भएपनि विभिन्न कारणले काममा ढिलाई हुन पुगेको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बताए ।
भ्यू टावरबाट बुटवल, भैरहवा, लुम्बिनीसम्म देख्न सकिन्छ भने दूरविनको प्रयोग गर्दा भारतको गोरखपुर, नौतनवासम्मका शहर देख्न सकिन्छ । भ्यू टावरको माथिल्लो तलामा एक दर्जन टेलिस्कोप जडान हुनेछन् ।
अनुसन्धान केन्द्रले पूर्वाधार निर्माणमा हालसम्म १० करोड लगानी गरेको छ । वनवाटिका ५१.३४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । जहाँ ६ वटा पार्क, बाल रेल, चिल्ड्रेन पार्कसहित २१ प्रजातिका जनावर रहेका छन् । वनवाटिकामा अहिले दैनिक एकहजार पर्यटक आउने गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस