पोखरा- मुस्ताङस्थित टुकुचे पिकबाट हिउँ पहिरो खसेको छ । आइतबार बिहान हिउँ पहरो खसेको हो । हिउँ पहिरोसहित धुँलो खसेकोले मुस्ताङको लाजेङ र न्याउरीकोट ढाकिएको छ । हिउँ पहिरोका कारण स्थानीय त्रसित बनेका छन् । यसअघि यति ठूलो पहिरो खसेको अनुभव नभएको गाउँलेले बताए । एक्याप मुस्ताङका प्रमुख ऋषि बरालले हिउँ पहिरो खसेको पुष्टि गरे ।
‘मानवीय क्षतिको विवरण आएको छैन । घरपालुवा जनावरहरू परे कि भन्ने छ । प्रहरी खटाएका छौं,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले भने, ‘पहिरो रोकिएको छ । हिउँमाथि भएको हुनाले थप खस्न सक्ने अवस्था छ । सचेत रहन भनेका छौं ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस