मुगु- आगामी ११ वैशाखबाट रारा म्याराथन आयोजना हुने भएकाे छ । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा तालबाट सुरू हुने सो म्याराथन जुम्लामा पुगेर समापन हुनेछ।
अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस म्याराथन पर्यटन विकास, खेलकुद र हाइअल्टिच्युट स्पोर्टसको विकासमा कोसेढुंगा सावित हुने अपेक्षा गरिएको इभेन्ट्स संयोजक चक्रबहादुर चन्दले बताए।
‘प्रमुख पर्यटकीय गन्तव्य रारा ताल र यस क्षेत्रको पर्यटकीय स्थललाई विश्वमा परिचित गराउन म्याराथन महत्वपूर्ण हुनेछ,’ चन्दले भने यसले विशेषगरी कर्णाली प्रदेशका प्रतिभावान खेलाडीलाई आफ्नै ठाउँमा क्षमता देखाउने अवसर मिल्नेछ । अन्तरालले १५ वर्षदेखि खेलकुद, गीत संगीत, डकुमेन्ट्री निर्माण, पुस्तक प्रकाशनलगायतका क्षेत्रमा काम गर्दै आएको छ।
रारा म्याराथनलाई खेलकुद पर्यटन र नेपाली भाषा, संस्कृतिको उद्गम थलो सिंजा, जुम्ला, कर्णाली प्रदेश र सिंगो पश्चिम नेपाल झल्किने गरी भव्यता दिने अन्तरालका संचार अधिकृत स्नेहा केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस