काठमाडौं-गुणस्तरविपरीत सिमेन्ट उत्पादन गरी बिक्रीवितरण गरेको भन्दै नेपाल गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्टलाई कारबाही गरेको छ । विभागले बुधबार मारुती सिमेन्ट, सिराहालाई ओपीसी ४३ ग्रेडको सिमेन्ट बिक्री वितरणमा रोक लगाउँदै कारबाही गरेको हो ।
विभागले नेपाली बजारमा गुणस्तरहीन सिमेन्ट उत्पादन गर्दै आएको भन्दै यसअघि पनि मारुती सिमेन्टलाई कारबाही गरेको थियो । मारुती सिमेन्टले आफूले नपाएको गुणस्तर प्रमाण पाएको भन्दै गलत विज्ञापन गरेको थियो । यस विषयमा विभागमा उपभोक्ताको उजुरी परेपछि विभागले मारुतीलाई कारबाही गरेको थियो ।
उता, विभागले मंगलबार सो सिमेन्ट कम्पनीबाट उत्पादित सिमेन्ट प्रयोगमा रोक लगाएको छ । सो कम्पनीबाट उत्पादित ४३ ग्रेडको ओपीसी सिमेन्ट प्रयोग नगर्न र बजारमा पठाइएका सबै सिमेन्ट फिर्ता लिन पनि विभागले कम्पनीलाई निर्देशन दिएको छ । यो समाचार आजको राजधानी दैनिकले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस