कपिलवस्तु – जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले फरार अभियुक्त पक्राउ अभियानलाई तीव्रता दिएको छ । कर्तव्य ज्यान, लागूऔषध, लुटपाट, कुटपिट, चेक अनादर, सवारी ज्यान, जुवाजस्ता कसुरमा फरार अभियुक्त पक्राउ गर्न कपिलवस्तु प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले फ्युगिटी एरेस्ट प्रोग्राम (फ्याप) कार्यक्रम नै सञ्चालन गरेका छन् ।
साउन यताकाे चार महिनामा ४८६ जना फरार अभियुक्त पक्राउ परेका प्रहरी तथ्यांक छ । साउनमा २८९, भदौमा १२७, असोज ४८ र कात्तिकमा २२ जना पक्राउ परेका हुन् । गत आवको पहिलाे चार महिनामा ८१ जना फरार अभियुक्त पक्राउ परेका थिए ।
फरार रहेका २० वर्षपछि पक्राउ पर्नेमा ३५ जना, १५ वर्षपछि पक्राउ पर्नेमा ३६ जना, १० वर्षपछि पक्राउ पर्नेमा १४० जना र पाँच वर्षपछि पक्राउ पर्नेमा १५८ जना छन् । त्यस्तै, पाँच वर्षभन्दा कम अवधिदेखि फरार रहेका ११७ पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जसमा हत्या गरी अदालतबाट २० जन्मकैद सजाय पाएर फरार रहेकासमेत छन् ।
‘अपराध गरेर समाजलाई दूषित पारेर विभिन्न आवरणमा त्यही समाजमा लुकेर बसिरहेको प्रहरीले टुलुटुलु हेरेर बस्दैन । अपराध गर्ने एक दिन अवश्य कानुनको दायरामा आउनै पर्छ भन्ने सन्देश दिन यो कार्यक्रमलाई तीब्रता दिएका हौं,’ जिल्ला प्रहरी प्रमुख एसपी कार्कीले भने ।
कपिलवस्तु प्रहरीले १ कात्तिकमा मायादेवी गाउँपालिका-४ चाकरचौडाबाट लागूऔषध ब्राउन सुगर ९२ ग्राम ४२ मिलि ग्राम बरामद गरेको थियाे । कारोवारी विजय खत्रीलाई पक्राउ गरेर मुद्दा चलाइएको छ ।
कपिलवस्तु प्रहरीले मुद्दा फर्स्यौटलाई पनि प्राथमिकता दिएको छ । असोजमा ४४ मा २१ र कात्तिकमा ६६ मा ३३ मुद्दा फर्स्यौट गरेको छ ।
चालु आवको चार महिनामा पाँच करोड ३१ लाख ४० हजार ७७२ रुपैयाँ राजश्व संकलन भएकाे कपिलवस्तु प्रहरीले जानकार दिएकाे छ । यो गत वर्षको चालु चार महिनामा संकलित राजश्वभन्दा अढाई करोड बढी हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस