खोटाङ – राष्ट्रिय युवा संघ, नेपाल खोटाङले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको माग गरेको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ज्ञापनपत्र पठाउँदै राष्ट्रिय युवा संघले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले देशका सबै क्षेत्रमा महँगी बढ्न जाँदा सेवाग्राही र नेपाली जनता प्रत्यक्ष मारमा परेको भन्दै तत्काल मूल्य वृद्धि फिर्ता लिन माग गरेको हो ।
राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष रसकुमार राईले प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाललाई बुझाएको ज्ञापनपत्रमा पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्यास, हवाई इन्धन जस्ता पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले नेपाली जनताको आधारभूत आवश्यकताप्रति परमादेश सरकार गैरजिम्मेवार बनेको तथ्य प्रमाणित भएको उल्लेख छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा नेपालमा पनि बढाउने तर अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा नेपालमा नघटाई सधैँ घाटा देखाएर भ्रष्टाचार गर्ने उद्देश्यले वर्तमान सरकारले पटक पटक मूल्य वृद्धि गरेको भन्दै संघले भर्त्सना गरेको छ । आफ्नो माग पूरा नभए परमादेश सरकारको स्वेच्छाचारी कदमविरुद्ध जस्तोसुकै कदम चाल्न बाध्य हुने राष्ट्रिय युवा संघका अध्यक्ष राईले चेतावनी दिए ।
गठबन्धन सरकारको निर्देशनमा नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा २४ कात्तिकमा पेट्रोल, डिजेल र मट्टीतेलमा तीन रुपैयाँ, हवाई इन्धनमा पाँच रुपैयाँ र एलपी ग्यासमा ७५ रुपैयाँ मूल्य वृद्धि गरेको थियो ।
गत २८ कात्तिकमा ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियु खोटाङले पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस