कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ इमिलियाकी गीता सुनारलाई पति गोविन्दले फोन गर्दै साँझ दुबईको फ्लाइट भएको बताएका थिए । ५ मंसिर बिहान फोन गर्दै खर्च तिर्न रकम पठाउन अनुरोध गरेका थिए । एक वर्षपछि फेरि वैदेशिक रोजगारीमा जान लागेपछि सयकडा ब्याज तिर्ने गरी गाउँले साहुसँग कर्जा लिएकी थिइन् । रेमिटमार्फत पठाएको रकम निकालेका गोविन्द त्यही दिनदेखि बेपत्ता भएपछि सुनार परिवार चिन्तित बनेका छन् ।
भिजिट भिसामा दुबई जाने भनेका ३८ वर्षीय गोविन्द सुनार १६ दिनदेखि बेपत्ता रहेका परिवारका सदस्यले बताएका छन् । ५ मंसिरमा भ्रमण भिसामा दुबईको फ्लाइट भएको भन्दै उनी घरबाट एक लाख पचास हजार रकम मगाएका थिए । दुई वर्ष मलेसिया र चार वर्ष कुवेत बिताएका सुनारलाई पेटको रोगको समस्या भएपछि गत पुसमा नेपाल फर्किएका थिए । नेपालमा उपचार गरी रोग निको भए पछि पुनः विदेश जाने भन्दै ३१ कात्तिकमा काठमाडौँ हिँडेका थिए ।
उनले ५ मंसिर बिहान ११ बजे फोन सम्पर्क गर्दै आजै उडान हुने बताएका थिए । पत्नी गीताका अनुसार पीसीआर चेक गर्न लाइनमा बसेको हुँदा थप कुरा पछि गर्ने कुराकानी भएको बताइन् । यता गोविन्दले सोही दिन दिउँसो २ः१३ बजे ‘पशुपति सब मनि ट्रान्सफर ओम शान्ति चोक काठमाडाैंबाट रकम निकालेका थिए । उनले पैसा नपुग्ने भन्दै भाइ र साथीसँग गरी करिब तीन लाख रकम जम्मा गरेका थिए ।
कतै नभेटिए पछि ९ मंसिरमा इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा खोजतलास गर्नका लागि जाहेरी दिएका थिए । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका अनुसार सुनारको कल डिटियल माग गरी अनुसन्धान गरिएको बताइएको छ ।
दुबई आउने भन्दै गोविन्दले दाजु पर्ने कृष्ण विकलाई एयरपोर्ट लिन आउन आग्रहसमेत गरेका थिए । कृष्णले अफिस बिदा लिई एयरपोर्टमा कुरेर बसे पनि गोविन्दलाई नदेखेको खबर आएको गोविन्दका दिदी जालमाया सुनारले बताइन् । सामान्य परिवारका गोविन्द बेपत्ता भएपछि उनको परिवार बिचल्लीमा परेकाे छ । गोविन्दले प्रयोग गर्ने फोन अहिलेसम्म स्विचअफ छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस