इलाम- इलामको फाकफोकथुम गाउँपालिकाले बेमौसमको वर्षापछि गएको पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई जनही एक-एक लाखका दरले राहत रकम दिएको छ । गत २ र ३ कात्तिकमा अविरल वर्षाका कारण गएको पहिरोमा परेर ज्यान गुमाउने चारजनाको परिवारलाई एक-एक लाख रुपैयाँको दरले राहत रकम दिएको हो ।
गाउँपालिका अध्यक्ष राम श्रेष्ठ, उपाध्यक्ष सरु राई, वडाध्यक्ष राजु पौडेलले घरैमा पुगेर पीडित परिवारलाई राहात रकम प्रदान गरेका हुन् । फाकफोकथुम गाउँपालिका-३ आमचोकमा पहिरोमा परेर एकै परिवारको चारजनाको मृत्यु भएको थियो ।
घरमाथिबाट आएको पहिरोले का ८६ वर्षे नैनसिंह कटुवाल, १५ वर्षीया निशाना कटुवाल र १२ वर्षे निश्चित कटुवालको मृत्यु भएको छ । सोही पहिरोमा परेर ७५ वर्षीया रणजता थापाको समेत मृत्यु भएको थियो । थापा नैनसिह कटुवालको बहिनी हुन् । पहिरोले कटुवाल परिवारको घर समेत पूर्ण रूपमा नष्ट गरेको छ । गाउँपालिकाले उनीहरूको घर निर्माणको लागि समेत एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । यसअघि सरकारले कटुवाल परिवारलाई तीन लाख रुपैयाँ राहात उपलब्ध गराएको थियो ।
पहिरोका कारण फाकफोकथुम गाउँपालिकामा मात्रै ६ जनाले ज्यान गुमाएका थिए । फाकफोकथुम गाउँपालिकाको-१ ठिङ्गेपुरका २१ वर्षकी टिना शेर्मा र १४ वर्षका आइतबहादुर राईको समेत पहिरोमा परेर मृत्यु भएको थियो । उनीहरूको परिवारलाई समेत राहत रकम उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाकी उपाध्यक्ष सरु राईले जानकारी दिइन् ।
जिल्ला प्रशासन कार्यालयले राई र शेर्माको परिवारलाई समेत जनही दुई-दुई लाख रुपैयाँ राहत उपलब्ध गराएको थियो । इलाम जिल्लामा पहिरोमा परेर १५ जनाको मृत्यु भएको थियो । त्यसमध्ये १३ जनाले मात्रै राहत पाएका छन् । दुई जनाको राहत दिन मिल्ने नजिकको नातेदार नभएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए । हालसम्म १२ जनाको परिवारले राहत रकम लिइसकेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस