काठमाडौं- काठमाडौंसहित मुलुकभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार राति र बिहानपख तापक्रम घट्न थालेको हो ।
काठमाडौं उपत्यकामा दिउँसोपख घाम लागे पनि साँझबिहान चिसो हुने गरेको छ । पछिल्लो २४ घन्टामा काठमाडौंको तापक्रम ४.३ डिग्री सेल्सियसमा झरेको छ । त्यसअघिल्लो दिन काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री थियो । अधितम तापक्रम पनि घटेर १९.८ डिग्रीमा सीमित भएको छ ।
सबैभन्दा कम तापक्रम जुम्लाको रहेको छ । महाशाखाका अनुसार जुम्लामा न्यूनतम तापक्रम ४.६ डिग्री हुँदा अधिकतम १५ डिग्री रहेको छ ।
तराईका जिल्लामा पनि तापक्रम घट्न थालेको छ । बिहान हुस्सु लाग्न थालेपछि तराईको जनजीवन प्रभावित बनेको हो । भैरहवाको न्यूनतम तापक्रम ९ डिग्री छ भने धनगढीको तापक्रम पनि ९.५ डिग्रीमा झरेको छ ।
मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ ।
दिउँसो लुम्बिनी, गण्डकी र बागमतीमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस