काठमाडौं- सर्वोच्च अदतलतको पूर्ण बैठक (फुलकोर्ट)ले देशभरका उच्च र जिल्ला अदलतमा पनि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गरेको छ ।
बुधबार बसेको फुलकोर्टले माघ २ गतेदेखि उच्च अदालत र जिल्ला अदालतमा पेसी तोक्नका लागि गोलाप्रथा अपनाउने निर्णय गरेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सहभागी नभएको न्यायाधीहरुको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो। सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथा लागू भइसकेको छ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार माघ २ गतेबाट उच्च अदालत र जिल्ला अदालतमा गोला प्रणालीबाट पेसी तोक्ने निर्णय गर्दै त्यसका लागि आवश्यक पर्ने कानुनी व्यवस्था गर्न निर्देशन दिएको हो । गोलाप्रथाबाट पेसी व्यवस्थापन गर्न निर्देशिका तयार पार्न फुल कोर्टले सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिएको थियो ।
सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा अदालतका विकृति हटाउन गोलाप्रथा बाट पेसी तोक्न सुझाव दिइएको थियो । तर प्रधानन्यायाधीश राणाले त्यसको कार्यान्वयन गरेका थिएनन् । राणा विरुद्ध आन्दोलन चर्कदै जाँदा सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्न थालिएको थियो ।
तर, उच्च र जिल्ला अदालतमा पनि गोलाप्रथाको माग गर्दै आन्दोन जारी रहँदा उक्त निर्णय कार्यान्वय गर्ने निर्णय भएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस