सप्तरी- सिरहाको लहानमा टिपरले ठक्कर दिँदा बिहीबार सप्तरीको बलान बिहुल गाउँपालिकाको वडा नम्बर २ दिघियाका एकै परिवारका तीन जनाको मृत्यु भएको छ । एक जना बालक घाइते भएका छन् ।
मृत्यु हुनेमा ६५ वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ७ वर्षीय नाती अभिषेक यादव रहेका छन् ।
प्रदेश २-०१-००२ प २६८२ नम्बरको मोटरसाइकलमा एकै परिवारका ४ जना चढेर घरतर्फ आउने क्रममा सिरहाको लहान ३ स्थित लहान–ठाडी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स.१क २६२ नम्बरको टिपरले ठक्कर दिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी डा. तपन दाहालले जानकारी दिए । उनका अनुसार तीन जनाको मृत्यु भएको र १ बालक घाइते भएका छन् ।
एकै परिवारका तीन जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबको स्थानीय कविता यादवले बताइन् । उनले भनिन, ´मृतक परिवारमा रूवावासी चलेपछि गाउँमा कसैको चुलो बलेको छैन ।` एकै परिवारमा तीन जनाको ज्यान गएपछि अहिलेसम्म छरछिमेकमा चुल्हो नबलेको स्थानीयले बताए ।
मृतकको तीनै जनाको शव पोष्टमार्टमका लागि लहानमै राखिएको छ । तीन जनाको संगै दाहासंस्कार गरिने स्थानीयले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस